१८ वटा जीवन बीमा कम्पनीको बैशाखसम्मको व्यवसायको आँकडा यस्तो

Jul 06, 2018 Merolagani

१८ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै ३ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । चालू आर्थिक वर्षको चैत अन्त्यसम्ममा ३१ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका कम्पनीहरुले बैशाख सम्ममा ३५ अर्ब २५ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

नयाँ जीवन बीमा कम्पनी बाहेकका १८ जीवन बीमा कम्पनीहरुले बैशाखसम्ममा बैदेशिक रोजगार बीमा वापत २ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ र अन्य जीवन बीमावाट ३२ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्याङ्क छ ।

१८ बीमा कम्पनीले चैत महिना सम्ममा बैदेशिक रोजगार बीमा वापत २ अर्ब १५ करोड ३३ लाख रुपैयाँ र अन्य जीवन बीमावाट २९ अर्ब ५० करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

समितिको तथ्याङ्क अनुसार बैशाख सम्ममा १८ हजार ४४० वटा बीमा दाबी परेकोमा १७ हजार ८६ दाबीको मात्र भुक्तानी भएको छ ।

उल्लेखित संख्याबाट बीमा कम्पनीहरुले २ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेका छन् । १ हजार ३७२ दाबी वापत ४१ करोड ६३ लाख रुपैयाँ भने भुक्तान हुन बाँकी रहेको तथ्याङ्कले देखाउँछ । 

बीमा कम्पनीहरुले यस अवधिमा ४८ लाख ६८ हजार ३९७ वटा बीमालेख जारी गरेका छन् । जसमा बैशाख महिनामा मात्रै १ लाख ४६ हजार ८३५ बीमालेख थपिएका छन् । यो अवधि सम्ममा १८ लाख ६४ करोड ५९८ वटा बैदेशिक रोजगार म्यादी जीवन बीमालेख र २५ लाख ५३ हजार ८१६ वटा अन्य जीवन बीमालेखहरु जारी भएका छन् ।

जीवन बीमा कम्पनीहरुले पुर्नबीमा शुल्क वापत ५६ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यस्तै बैशाख सम्ममा पुनर्बीमा कमिशन वापत ५ करोड २० लाख रुपैयाँ र पुनर्बीमावाट व्यहोरिने ३२ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

१८ जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २२ अर्ब २१ करोड २९ लाख रुपैयाँ रहेको छ । १८ बीमा कम्पनीहरुको लगानी १ खर्ब ६९ अर्ब २५ करोड ५ लाख र नगद तथा बैंक मौज्दात २ अर्ब २९ करोड ६ लाख रुपैयाँ रहेको छ ।

१८ जीवन बीमा कम्पनीहरुको शाखा कार्यालयहरु ९८९ पुगेको छ भने ती कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या ३ हजार २३४ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।