अनुमति मागेकाे सात महिनापछि एनसीसी बैंकले पायो ५० प्रतिशत हकप्रद बेच्ने अनुमति

Jul 06, 2018 Merolagani

नेपाल क्रेडिड एण्ड कर्मस बैंक (NCC) (एनसीसी) ले ५० प्रतिशत हकप्रद अनुमति मागेको सात महिनापश्चात असार २२ गते शुक्रबार नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न स्वीकृती पाएको छ ।

बैंकले गत मंसिर २० गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद विक्री गर्न अनुमति माग्दै निवेदन दर्ता गरेको थियो । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले हकप्रदको बाटो अंगालेको थियो । 

बोर्डबाट एनसीसीले दुई बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद जारी गर्न अनुमति पाएको हो । जसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटललाई गर्नेछ ।

चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

अन्य धेरै बाणिज्य बैंकहरुले आठ अर्ब चुक्ता पूँजी कायम गरिसक्दा एनसीसीले धेरै अगाडि नै हकप्रद जारी गर्ने तयारी गरेपनि विविध कारणले ढिलाई हुँदै आएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।