साउन १ देखि आउने अनलाईन कारोबार प्रणालीको परीक्षण गर्ने जिम्मा भारतीय कम्पनीलाई

Jul 07, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्च नेप्सले साउनदेखी ल्याउन लागेको अनलाईन कारोबार प्रणालीको परीक्षण भारतीय कम्पनीले गर्ने भएको छ । भारतिय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजले नेप्सेको अनलाइन ट्रेडिङ सफ्टवेयरको युजर एसेप्टेन्स टेस्ट (यूएटी) गर्ने जिम्मा पाएको हो ।

नेप्सेले गत जेठ ११ गते युएटि गर्ने कम्पनी छनोट गर्न ३० दिने बोलपत्र आह्वान गरेको थियो । असार १० गते अन्तिम दिन सम्म दुई भारतिय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेज र क्याप स्टार्ट सर्भिसेजले युएटी गर्ने भन्दै नेप्सेमा आवेदन दिएमा थिए । जसमध्ये एकेएसले युजर एसेपटेन्स टेस्ट (युएटी) गर्ने जिम्मावारी पाउने भएको छ ।

एकेएसले सबैभन्दा कम मूल्यमा यूएटी गर्ने प्रस्ताव गरेकाले उसैलाई सार्वजनिक खरिद नियमावली अनुसार छनोट गरिएको नेप्सेले जनाएको छ । तर कम्पनी र नेप्सेबीच सम्झौता हुँन बाँकी छ ।

नेप्सेका अनुसार एकेएसले ४० लाख भारितय रुपैयाँ अर्थात ६४ लाख रुपैयाँमा युएटी गर्ने प्रस्ताव गरेको थियो । अर्को कम्पनीले डेढ करोड रुपैयाँ बढी प्रस्ताव गरेको थियो । कम्पनी छनोट गर्दा प्रस्तावित शुल्कका अतिरिक्त प्राविधिक क्षमता लगायतका आवश्यक सबै पक्षलाई समेत अध्ययन गरी युटीए गर्न अनुमति दिइएको नेप्सेको भनाई छ ।

युएटि परीक्षण गर्ने कम्पनीले नेप्से र सफ्टवेयर निर्माता कम्पनी वाईकोबीच भएको सम्झौता अनुसार सफ्टवेयर बने नबनेको परीक्षण गर्नेछ । यस्तै यो प्रणालीमा आवश्यक एसआरएस (सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन) भए नभएको र सफ्टवेयरको सुरक्षा प्रणालीका बिषयमा पनि परीक्षण गर्नेछ ।

परीक्षणको क्रममा कुनै त्रुटी फेला पारेमा परीक्षण गर्ने कम्पनीले नेप्सेलाई जानकारी गराउनेछ र त्यसपछि सफ्टवेयर निर्माता कम्प्नी वाईकोले आवश्यक सुधार गर्नेछ । अनलाइन कारोबार प्रणालीको सफ्टवेयर परीक्षण भएपछि आवश्यकताको आधारमा निर्माता कम्पनी वाईकोले परिमार्जन गर्नेछ र त्यसपछि मात्रै सेयर लगानिकर्तालाई प्रयोग गर्न खुला गरिने नेप्सेले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।