हकप्रदमा गत बैशाख ९ गतेसम्म कायम बैंकका सेयरधनीले असार २४ गते सम्म हकप्रद खरिद गर्न सक्नेछन् । देव विकास बैंकसँग विलय हुने सम्झौता गरेको सहाराले विलयपूर्व एक सेयर बराबर २.५ कित्ताको अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । हकप्रदमा सि आश्वा सेवा लिएका बैंक तथा वित्तीय संस्थाका अलवा क्यापिटलको प्रधान कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिनेछ ।
यसैगरी, बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट पनि आवेदन गर्न पाएने व्यवस्था छ ।
हाल बैंकको चुक्ता पूँजी ७ करोड ९४ हजार रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी बढेर २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।