एनसीसी बैंकले हकप्रद स्वीकृती पाएसँगै तोक्यो बुकक्लोज, संस्थापकलार्इ कल इन एडभान्स्ड बुझाउन अाह्वान

Jul 08, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डबाट शुक्रबार ५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृती पाएसँगै नेपाल क्रेडिड एण्ड कर्मस बैंक(NCCB) ले हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले साउन १५ गते मंगलबार सेयरधनी किताब बन्द गर्ने मिति तय गरेको हो । यसअनुसार साउन १४ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद पाउनेछन् ।

साथै बैंकले एक प्रतिशत वा सो भन्दा बढी सेयर धारण गरेका सञ्चालक र आधारभुत सेयरधनीलाई हकप्रद वापतको रकम अग्रिम रुपमा (कल इन एडभान्स्ड) बुझाउन समेत सूचना जारी गरेको छ ।

बैंकले साउन ११ गतेभित्र हकप्रद वापतको रकम बुझाउन बाँकी रहेका सेयरधनीलाई खाता नम्बर ९१६१३०९०००१०० मा जम्मा गरी भौचरको प्रतिलिपि उपलब्ध गराउन अन्तिम पटक सूचना प्रकाशित गरेको जनाएको छ । 

एनसीसीले दुई बराबर एक कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर जारी गर्नेछ । जसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटललाई गर्नेछ ।

चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हकप्रदपछि सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर वा अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

दुई बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव बैंकको २०७४ भदौ १६ गते सम्पन्न १९ औं बार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

बैंकले गत मंसिर २० गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद विक्री गर्न अनुमति माग्दै निवेदन दर्ता गरेको थियो । ५० प्रतिशत हकप्रद अनुमति मागेको सात महिनापश्चात बैंकले असार २२ गते बोर्डबाट हकप्रद जारी गर्न स्वीकृती पाएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।