भार्गव विकास बैंकको सेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

Jul 08, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) को हकप्रदमा अवितरित भएर  लिलामीमा ल्याइएकाे संस्थापक तर्फको हकप्रद सेयरमा शिलबन्दी बाेलपत्र पेश गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले ६ लाख ६७ हजार ७०६ कित्ता सेयर असार १७ गतेदेखि सर्वसाधारणका लागि लिलाम बढाबढमा विक्रीमा ल्याएको हो ।

इच्छुक व्यक्ति तथा संघ सस्थाले बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकको रङ्गेलीरोड विराटनगर, बुटवल, सुर्खेत, वीरगञ्ज, पोखरा धनगढीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरि भार्गव विकास बैंकको प्रधान कार्यालय नेपालगञ्जबाट पनि बोलपत्र पेश गर्न सकिने जनाइएको छ ।

लिलामी सेयर न्यूनतम एक सय रुपैयाँ देखि बढाबढ मूल्यमा एक हजार कित्तादेखि १० ले भाग जाने गरी सम्पूर्ण सेयर खरिदका लागि माग गर्न सकिने छ ।

आइतबार बैंकको सेयरमूल्य प्रतिकित्ता १३६ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

comments powered by Disqus

हरेक नेपालीलार्इ शेयरधनी बनाउन ३५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

Sep 25, 2018

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।