बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान १० बजेदेखि बोलपत्र खुला गर्ने जनाएको छ । संस्थापकको १० बजे तथा साधारण सेयरको १० ३० बजे खुला हुने मिति तय भएको प्रभु क्यापिटलले जनाएको छ ।
बैंकले संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक सेयरमा ४५ वटा तथा साधारण सेयरमा दुई हजार ३० वटा आवेदन परेको छ ।
संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्ता सेयरका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको थियो ।
बैंकको सेयरमूल्य आइतबार प्रतिकित्ता १९२ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।