सिनर्जी फाइनान्सको हकप्रद बिक्री खुल्यो,साउन २७ गतेसम्म अावेदन गर्न सकिने

Jul 09, 2018 Merolagani

सिनर्जी फाइनान्स (SYFL) को हकप्रद शेयर बिक्री खुल्ला भएको छ । फाइनान्सले १ः०.२५ को अनुपातमा ११ लाख ८६ हजार २२.४७ कित्ता शेयर निष्काशन गरेको हो ।

यस हकप्रदमा गत जेठ २९ गते सम्ममा कायम शेयरधनीहरुले मात्र अावेदन गर्न सक्नेछन् ।  हकप्रदमा असार २५ गते देखि साउन २७ गते सम्म आबेदन गर्न सकिने फाइनान्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सेयरधनीले धितोपत्र बोर्डवाट मान्यता प्राप्त सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुवाट हकप्रद शेयरमा अावेदन गर्न सक्नेछन् । यसैगरि प्रभु क्यापिटल,कमलादी,  सिनर्जी फाइनान्सको कार्पोरेट तथा शाखा कार्यलयहरुवाट समेत हकप्रद शेयरमा आवेदन दिन सकिने व्यवस्था रहेकाे छ ।

फाइनान्सले हकप्रद जारीपश्चात बेष्ट फाइनान्ससँग एक्वारमा जाने निर्णय यसअघि नै गरिसकेकाे छ । 

comments powered by Disqus

स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपिओ जारी गर्ने

Dec 17, 2018

स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) ले साढे १० कराेडकाे एफपिअाे निष्काशन गर्ने भएकाे छ। लघुवित्तमा हाल कायम रहेको संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ कायम गर्न एफपिओ निष्काशनका साथै ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई पनि साधारणमा रुपान्तरण गर्ने भएको हाे ।