यसअनुसार साउन २२ गते सम्म कायम रहने फाइनान्सका सेयरधनीले यस हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा फाइनान्सले हकप्रद जारी गर्न लागेको हो । फाइनान्स कम्पनीले एक बराबर २.८१ कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ५९ लाख एक हजार कित्ता हकप्रद जारी गर्नेछ ।
फाइनान्सको गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाले २८१ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको हाल चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ८० करोड १० लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फाइनान्स ९७ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।अाइतबार कम्पनीको सेयर प्रतिकित्ता १५४ रुपैयाँमा कारोबार भएको छ ।