बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक सेयरमा आवेदन गर्ने सबै ४६ आवेदकले नै सेयर प्राप्त गरेका छन् । संस्थापक सेयरका लागि अधिकतम ११६ रुपैयाँको आवेदलन परेको थियो । ती आवेदकले आठ हजार ५०० कित्ता सेयरको बोलपत्र पेश गरेका थिए ।
सञ्चय कोषले एक सय रुपैयाँमा लिलामीमा आएको सबै संस्थापक सेयरका लागि आवेदन गरेको थियो । तर कोषले आठ लाख ८० हजार कित्ता हाराहारीमा मात्र सेयर प्राप्त गर्ने अवस्था देखिएको क्यापिटलले जनाएको छ ।
बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलमा सोमबार बिहान १० बजेदेखि खुला गरिएको थियो । संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो ।