दोस्रो बजारमा कारोबार गर्न प्यान नम्बर अनिवार्य गराइने

Jul 09, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले आगामी साउन एक गतेदेखि दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर अनिवार्य गर्न प्रोत्साहित गर्ने भएको छ । बोर्डले आर्थिक बर्ष २०७५/७६ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो घोषणा गरेको हो ।

बोर्डले सोमबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्ने उल्लेख गरेको छ । जसका लागि बोर्डले आवश्यक नीतिगत व्यवस्था गर्ने भएको छ ।

बोर्डले गएको नीति तथा कार्यक्रममा नै दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं (प्यान) लागू गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने घोषणा गरेको भएपनि आगामी आर्थिक बर्षदेखि दोस्रो बजारमा प्यान अनिवार्य गर्न प्रोत्साहित गर्ने नीति लिएको छ ।   

 

दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर लिन अनिवार्य गर्ने व्यवस्थाले बजारमा सुधार आउने र पारदर्शितामा समेत बढोत्तरी हुने विश्वास बोर्डको छ । कानूनी प्रावधानको परिपालना नगर्ने बजार सहभागीलाई कारबाही गर्ने नीतिसमेत बोर्डले लिएको छ ।

यस्तै बोर्डले नेपाल स्टक एक्सचेञ्ज र सिडिएसको पुनःसंरचना गर्न सहजीकरण गर्ने, धितोपत्र दलाल व्यवासायीमार्फत ग्राहकको खरिद बिक्री आदेश स्वचालितरुपमा दिने प्रणालीलाई स्टकको नयाँ कारोबार प्रणालीसँग आवद्ध गरी दोस्रो बजारमा सेवालाई स्वच्छ, पारदर्शी, एवं प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ ।

बोर्डको 'टाइप मिस्टेक' ले सेयर बजारमा अर्को हलचल, विज्ञप्ति र बुकलेटमा दुईथरी कुरा

आर्थिकरुपमा सम्भाव्य नयाँ स्थानको पहिचान, खोजी गरी त्यस्ता स्थानमा धितोपत्र दलाल व्यवसायी सेवा सञ्चालनका लागि अनुमति दिने कार्यक्रम समेत बोर्डले आगामी आवको कार्यक्रममा समावेश गरेको छ ।

धितोपत्र बजारका कारोबार गर्न सूचीकृत भएका कम्पनी, कारोबार रकम, कारोबार हुने धितोपत्र आदि सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जमा हुने कारोबारको वास्तविक समयमा नै सबै सेवा सुविधा दिने, वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायीको विवरण प्रवाह तथा अन्य कारवाहीको नियमित सुपरिवेक्षण गर्ने नीतिसमेत बोर्डले लिएको छ ।

त्यस्तै धितोपत्र व्यवसायीहरुका लागि जोखिममा आधारित सुपरिवेक्षणको मोडेल बिकास गरी सोही अनुसार धितोपत्र व्यवसायीहरुको सुपरिवेक्षण कार्य गर्ने, नेप्से तथा सिडिएससीको प्रणाली सम्परीक्षण गर्ने व्यवस्था शुरु भइसकेकोले यसलाई थप स्तरीय बनाउदै सूचना प्रविधिको बढी प्रयोग हुने अन्य सेवा प्रदायकको प्रणालीको समेत संपरीक्षण गराउने व्यवस्था गर्ने भएको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारका विद्यामान तथा संभाव्य लगानीकर्ताहरुलाई बजार सम्बन्धी तथ्यपूर्ण एंव विश्वसनीय सूचना एंव जानकारी उपलब्ध गराउन सूचना प्रवाह सम्बन्धमा अध्ययन गरी सूचना प्रवाह व्यवस्थामा सुधार गर्ने नीति बोर्डको छ ।

वस्तु विनिमय बजार संचालन तथा वस्तु कारोबार व्यवसायी सम्बन्धी आवश्यक निर्देशिकाहरु तर्जुमा गरी कार्यान्ययन गर्ने, वस्तु विनिमय बजार तथा व्यवसायी सुपरिवेक्षण दिग्दर्शन तर्जुमा गरी गर्ने र धितोबत्र व्यवसायीको नियम परिपालना प्रतिवेदनको ढाँचा विकास गरी कार्यान्वयन गर्ने जस्ता कार्यहरु गरी बजार व्यवस्थामा सुधार गर्ने नीति बोर्डले अख्तियार गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।