प्रभु बैंकको अधिकांश साधारण सेयर साना लगानीकर्ताको पोल्टामा, ठूला लगानीकर्ता जिल्लिए

Jul 09, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले असार ११ गतेदेखि १८ गतेसम्म लिलामीमा ल्याएको ६ लाख ७१ हजार ६२ कित्ता साधारण सेयरको बोलपत्र खुला गर्ने काम सकिएको छ । यसअघिको लिलामीमा संस्थागत लगानीकर्ताले धेरै सेयर हात लगाउने प्रवृत्ति देखिएपनि यसमा भने उनीहरुको हात खाली भएकाे हाे। 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार १५८ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नेले लिलामी सेयर सकारेका छन् । बैंकको साधारण सेयरमा दुई हजार २८ वटा बोलपत्र पेश भएकोमा ३५० आवेदकले लिलामीको साधारण सेयर प्राप्त गरेका हुन् । 

बैंकको साधारण सेयरका लागि अधिकतम १९७ रुपैयाँ ४० पैसामा एक सय कित्ताका लागि आवेदन परेको थियो । साना लगानीकर्ताहरुले १५० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलपत्र पेश गरेका थिए । संस्थागत लगानीकर्ताबाट धेरै १४६ रुपैयाँ वा सो भन्दा कम मुल्यमा बोलपत्र पेश गरेकाले साना लगानीकर्ताको पल्ला भारी भएको हो ।

ठूलाे कित्तामा सेयर प्राप्त गर्नेमा ज्योति कुमारी सरावगीले १६२ रुपैयाँमा  ४० हजार कित्ता सेयर प्राप्त गरेकी छिन् । त्यसैगरी जय प्रसाद चुडालले १६७ रुपैयाँमा १० हजार कित्ता र रेशम सिवाकोटीले १६३ रुपैयाँमा ४० हजार कित्ता सेयर सकारेका छन् । १५८ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा अन्य सबै आवेदकले पनि सेयर प्राप्त गरेका छन् ।

संस्थागत लगानीकर्ताको तर्फबाट अल्फा क्यापिटलले १६२ रुपैयाँमा १८ हजार कित्ता हात छ पारेको छ । अन्य धेरै संस्थागत लगानीकर्ताले सेयर प्राप्त गर्न सकेनन् ।

सिद्धार्थ इक्वीटी ओरेन्टेड स्कीम र सिद्धार्थ इक्वीटी फण्ड दुबैले एक एक लाख कित्ता, सानिमा इक्वीटि फण्डले ५० हजार कित्ता, सिद्धार्थ क्यापिटलले पनि १५ हजार कित्ता सेयर १४६ रुपैयाँमा बोलपत्र पेश गरेका थिए । तर कुनैपनि आवेदकले सेयर प्राप्त गर्न सकेनन् ।

भृकुटी ब्रोकेज फर्मले १० हजार कित्ता सेयर १५१ रुपैयाँ तथा सिभिल क्यापिटलले ४० हजार कित्ता सेयर १२२ रुपैयाँमा बोलकबोल गरेका थिए । उनीहरु पनि सेयर पाउनबाट विमुख भएका छन् ।

साधारण सेयरका लागि न्यूनतम एक सय कित्तादेखि अधिकतम सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।