बोर्डको 'टाइप मिस्टेक' ले सेयर बजारमा अर्को हलचल, विज्ञप्ति र बुकलेटमा दुईथरी कुरा

Jul 09, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डको टाइप मिस्टेकले सेयर बजारमा अर्को हलचल पैदा गरेको छ । बोर्डले आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा संचारकर्मीलाई वितरण गरेको प्रेस विज्ञप्ति र बोर्डको बुकलेटमा स्थायी लेखा नम्बरको बारेमा उल्लेखित कुरा फरक परेपछि सेयर लगानीकर्ता समेत दोधारमा परेका छन् ।

सोमबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा सहभागी संचारकर्मीलाई वितरण गरेको प्रेस विज्ञप्तिमा बोर्डको आर्थिक बर्ष ०७४/०७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानीगर्दा स्थायी लेखा नम्बर लाई आर्थिक बर्ष ०७५/०७६ देखि अनिवार्य गर्नको लागि आवश्यक व्यवस्था गर्ने भनिएबमोजिम दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर लिन प्रोत्साहित गर्ने उल्लेख गरेको छ ।

बोर्डकाे विज्ञप्ति अनुसार अघिल्लो बर्षको कार्यक्रममा प्यान नम्बर अनिवार्य गर्ने भनिएबमोजिम यसबर्ष पनि लगानीकर्तालाई प्यान नम्बर लिन प्रोत्साहित गरिने भन्ने प्रष्ट हुन आउँछ । यसको सिधा अर्थ बोर्डले प्यान नम्बर अनिवार्य गर्ने भन्ने नै बुझिन्छ ।

तर बोर्डले सार्वजनिक गरेको बुकलेटमा बोर्डको आव २०७४।७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं. लाई आव २०७५।७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भनिएकोमा दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि हाललाई स्थायी लेखा नम्बर (PAN) लिन प्रोत्साहित गर्ने  उल्लेख गरेको छ ।

बोर्डको प्रेस विज्ञप्तिमा भनिएबमोजिमबुकलेटमा भनिएकोमा भन्ने दुई फरक अर्थ दिने शब्दले खबर प्रवाहमा समेत एकरुपता नहुँदा लगानीकर्तामा थप अन्योलता देखिएको हो। बोर्डको असावधानीका कारण लगानीकर्ताले तथ्य परक खबर पाउन समेत बञ्चित हुने अवस्था आएको हो ।

बोर्डले पत्रकार सम्मेलनमा  वितरण गरेको विज्ञप्ति हतारमा बनाएको प्रष्ट देखिन्छ । जसमा एक शब्दमा भएको टाइप मिस्टेकले सेयरबजारमा तरङ्ग ल्याउने खबर प्रवाह हुन पुग्दा सेयर बजार घटेर निरुत्साहित बनेका लगानीकर्ता आतंकित हुने अवस्था सृजना भएको छ ।

सरोकारवाल नीतिगत तहका निकायहरुले संचारकर्मीलाई नै प्रष्ट सूचना नदिदा खबर प्रवाह समेत प्रभावित हुने गरेको छ । यस्तो अवस्था आउन नदिन सम्बन्धित निकायहरु थप जिम्मेवार हुनुपर्ने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।