ज्योति विकास बैंकले खोल्यो मोरङ्गको खोर्सानेमा शाखा

Jul 10, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले मोरङ्कको खोर्सानेमा आषाढ २५ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

शाखा कार्यालयको उद्घाटन गर्दे मेयर ढकालले नगरपालिकामा खुलेको शाखाबाट जनतामा सरल र सुलभ बैकिङ्ग सेवा बैंकले प्रदान गर्नेमा विश्वस्त रहेको बताए । बैंकका सञ्चालक छत्रमान श्रेष्ठले बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको वताउँदै कारोवार गरि सहयोग गर्न अनुरोध गरेका थिए ।

ज्योति विकास बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

बैंकले एक लाख ५० हजारभन्दा बढी खाताबाट १७ अर्ब ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत रु. १५ अर्ब १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड रहेको बैंकले जनाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।