बोर्डले धितोपत्र बजारमा अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली भित्र्याउन, ऋणपत्र बजारलाई प्रभावकारी रुपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं गुणात्मक रुपमा अघि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान गर्ने प्रकृया अगाडि बढाउने जनाएको छ ।
धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा विस्तार भई ७७ जिल्लामा विस्तार भएकोले दोस्रो बजार कारोबार सुविधा विस्तार गर्न नयाँ स्टक एक्सचेञ्जले सहयोग पुग्ने बोर्डको भनाई छ ।
साथै बोर्डले अन्तर्राष्ट्रिय अभ्यास तथा धितोपत्र सम्बन्धी ऐन नियम अनुसार हुने गरी नेप्से तथा सिडिएससीको पुर्नसंरचना गर्न सहजीकरण गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।