महालक्ष्मी विकास बैंकको विराटनगरमा शाखा विस्तार, अन्य दुई स्थानान्तरण

Jul 10, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले शाखा सञ्जाल विस्तार गर्दै लाने क्रममा विराटनगरमा शाखा विस्तार गरेको छ भने दुई शाखा स्थानान्तरण गरि सञ्चालनमा ल्याएको छ । 

बैंकले मोरङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको हाे भने चितवनमा र धादिङ्गमा रहेकाे दुर्इ शाखा स्थानान्तरण गरि सञ्चालनमा लयाएको जनाएको छ ।

बैंकले असार २५ गते विराटनगर महानगरपालिका वडा नं ०२, विराटनगर, मोरङ्गमा ७३ औं शाखा सञ्चालनमा ल्याएको हो । त्यसैगरि असार २५ गते नै महालक्ष्मी विकास बैंकले धादिङ्गबेशी शाखा धुनिबेशी नगरपालिका वडा नं ६, धार्केमा तथा असार २४ गतेदेखि लायन्सचोक नारायणगढ शाखा स्थानान्तरण गरि हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको जनाएको छ ।

२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले हालसम्म २६ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।