इलेप खोला जलविद्युत आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता

Jul 10, 2018 Merolagani

धादिङको रूवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश : ८.४० र ४.८० रूपैयाँमा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट

वार्षिकरूपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरू गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए ।

उनले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार, आयोजनाले व्यापारिकरूपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रूपैयाँ छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिसूली ३ बी हब सब-स्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Nov 20, 2018

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्रा।डा ध्रुव राज अधिकारीले राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ ।