मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङ स्थित बैंकको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनबाट र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा स्थित बैंकको नाशोङ शाखा, कार्यालय नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र घलेबाट उद्घाटन भएको बैंकले जनाएको छ ।
सोमबारदेखि सञ्चालनमा आएको बैंकको थासाङ शाखा र नाशोङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।