मनि ट्रान्सफर सञ्चालकको सत्र लाख लुटियो

Jul 10, 2018 RSS

महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै आज दिउँसो अपराह्न ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रकम लुटिएकाे हाे ।

साहसँग रहेकाे १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन् ।

अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।