एनआईसी एशिया बैंकको डडेल्धुरा र डोटीमा शाखा विस्तार

Jul 10, 2018 Merolagani

एनआईसी एशिया बैंक (NIC) ले थप २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले डडेल्धुरा र डोटीमा शाखा विस्तार गरेको हो ।

बैंकको डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझा र डोटीस्थित दिपायल शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जुमलासीले आषाढ २५ गते उद्घाटन गरेका हुन् ।

बैंकको देशभरी २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई सञ्चालनमा रहेका छन् ।

बैंकको वासलातको आकार रू. १७७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १२० अर्ब रुपैयाँ सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार पुगेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।