कम्पनीले दुई बराबर एक अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको गत मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले यो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
समताले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । सेयरधनीले हकप्रदमा साउन २९ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।
त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन् ।
लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
मंगलबारबार लघुवित्तको सेयर प्रतिकित्ता १३७७ रुपैयाँमा कारोबार भएको छ ।