'नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड' को अन्तिम किस्ता भुक्तानी आषाढ २९ गतेदेखि

Jul 11, 2018 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंकले 'नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७५ ' को खण्डित अवधिको अन्तिम किस्ताको ब्याज तथा सावाँ रकम भुक्तानी यही आषाढ २९ गतेदेखि गर्ने भएको छ । बैंकले २०६८ जेठ मा ३० करोड रुपैयाँ बराबरको तीन लाख कित्ता बण्ड जारी गरेको थियो ।

बण्ड बापतको ब्याज तथा साँवा बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल तथा काठमाडौं बाहिरका चिप्लेढुङ्गा पोखरा, आदर्शनगर विरगंज ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जानएको छ ।

भुक्तानी बुझ्न आउने ब्यक्तिले ऋणपत्रधनीको सक्कल प्रमाणपत्र, ब्याज भुक्तानी पूर्जा तथा नागरिकताको प्रतिलिपि अनिवार्य साथमा ल्याउनु पर्ने हुन्छ ।

साथै, ऋणपत्रधनी स्वयंम उपस्थित हुन नसकेको खण्डमा भुक्तानी बुझ्ने ब्यक्तिको साथमा ऋणपत्रधनी पत्र सक्कल, नागरिकताको प्रतिलिपिको साथमा मञ्जुरीनामा हुनु पर्ने छ र ऋणपत्र संघ संस्थाको नाममा भएको खण्डमा अख्तियार प्राप्त ब्यक्ति र परिचय खुल्ने परिचयपत्र साथमा ल्याउनु पर्ने हुन्छ ।

त्यसैगरी, सेयर अभौतिकरण गराउने धनीले डिम्याट खाताको विवरण, ब्याज भुक्तानी पुर्जा तथा नागरिकताको प्रतिलिपि अनिवार्य बुझाउनु पर्ने हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।