डिम्याट खाता नविकरण गर्न ग्लोवल आईएमई क्यापिटलको आग्रह

Jul 11, 2018 Merolagani

ग्लोवल आईएमई क्यापिटलले आफ्नो हितग्राही खातावालाहरुलाई वार्षिक खाता संचालन शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले प्रत्येक आर्थिक वर्षको बार्षिक शुल्क वापत बुझाउनु पर्ने १०० रुपैयाँ कम्पनीले तोकेको स्थानहरुबाट बुझाउन हितग्राही खाताधनीलाई आग्रह गरेको हो ।

खातावालाले ग्लोवल आईएमई क्यापिटल वा ग्लोवल आइएमई बैंकको जुनसुकै शाखा कार्यलयहरुवाट शुल्क जम्मा गरी आफ्नो हितग्राहि खाता सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७४/७५ सम्ममा खाता खोलेका हितग्राहीहरुले साउन १५ गते भित्र बार्षिक शुल्क बुझाई हितग्राहि खाता सुचारु गर्न अनुरोध गरेका छन् । उक्त मिति पश्चात शुल्क नबुझाउने हितग्राहीहरुको खाता शुल्क नबुझाएसम्म खाता बन्द हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।