एनएमबी बैंकले घोषणा गर्यो बोनस, चुक्ता पूँजी आठ अर्ब ७४ करोड पुग्ने

Jul 11, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस घोषणा गरेको छ । बैंकले हाल बिक्री गरिरहेको एफपिओले समेत पाउने गरि सो बोनस घोषणा गरेको हो । 

बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।

बैंकले कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । बैंकको असार २६ गते सम्पन्न ३५९ औं सञ्चालक समति बैठकले आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरण अनुसारको वितरण योग्य रकमबाट हालको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार ३३४ मा थप निष्काशन भैरहेको एक करोड १४ लाख १५ हजार १६३ कित्ताको अंकित मुल्य सहित हुन आउने ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैंयाँ पूँजीको १५ प्रतिशत बोनस वितरण गर्ने भएको हो ।

बैंकले एक अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ बराबरको एक करोड १४ लाख ४ हजार ९३५.९५ कित्ता बोनस शेयर तथा ६ करोड २५ हजार ९७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको बोनस बैंकको बैंकको साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।