एनएमबि माइक्रोफाइनान्सले १५० प्रतिशत हकप्रद बिक्री गर्ने

Jul 11, 2018 Merolagani

एनएमबि माइक्रोफाइनान्सले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । माइक्रोफाइनान्सले सेवा र व्यवसाय विस्तारका लागि पुँजी बृद्धि गर्न हकप्रद बिक्री गर्न लागेको जनाएको छ ।

माइक्रोफाइनान्सको असार २६ गते बसेको संचालक समितिको बैंठकले एक बराबर १.५ को अनुपातमा हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

हाल माईक्रोफाइनान्सको चुक्ता पूँजी १४ करोड ८ लाख ७५ हजार रहेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३५ करोड रुपैयाँ नाघ्नेछ ।

comments powered by Disqus

भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अर्थमन्त्री खतिवडाको निर्देशन

Jul 21, 2018

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन आफु मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी खतिवडाले सो निर्देशन दिएका हुन् ।