मौद्रिक नीतिको दिनमै बढ्न सकेन नेप्से

Jul 11, 2018 Merolagani

लगानीकर्ताको ब्यग्र प्रतिक्षामा रहेको मौद्रिक नीति प्रस्तुत भएको दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । परिसूचक ०.२९ अंकले घटेर १२०५.६४ अंकमा अडिएको हो ।

बुधबार १७१ कम्पनीका १२ लाख ६७ हजार ५३१ कित्ता सेयर ४७ करोड ९५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबारमा आएका उप समूह मिश्रीत देखिएका छन् । होटल बैंकिङ्ग र उत्पादनमूलकको सूचक घटेको छ भने लघुवित्त, जलविद्युत र फाइनान्स, अन्य र बीमाका सूचक बढेका छन् ।

 

बुधबारको सेयर बजारमा सबैभन्दा धेरै प्राईम लाईफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर १० करोड ७२ लाख रुपैयाँ बराबरमा खारिद बिक्री भएको छ । कम्पनीको तीन लाख ५७ हजार ४७६ कित्ता सेयर कारोबार भयो ।

नेपाल टेलिकमको चार करोड ७९ लाख रुपैयाँ तथा स्वरोजगार लघुवित्त, ग्रामिण विकास लघुवित्त, कृषि विकास बैंक र कुमारी बैंकको एक करोडको सेयर कारोबार भएकाे छ ।

एनएमबि माईक्रोफाइनान्सकोमा सर्किट लागेको छ । बुधबार माईक्रोफाईको सेयर १० प्रतिशतले बढेको छ । ग्लोबल आईएम, नागबेली, विजय, माहुली सामुदायिक लघुवित्तको सेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

उता एभरेष्ट बैंकको कन्भटिभल सेयर, सोल्टी होटल र बरुण हाईड्रोपावर कम्पनीको सेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ ।

मौद्रिक नीतिमा पूँजी बजारलाई सपोर्ट गर्ने कस्ता किसिमका योजनाहरु आउला भन्ने जिज्ञासा आम लगानीकर्तामा रहेकोमा थियो । लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप नीति नआएपश्चात मौद्रिक नीति पूर्व १६ अंकले बढेको बजार सामान्य गिरावटमा टुङ्गिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।