पूर्व निर्धारित मितिमै अनलाईन कारोबार सुरु गर्ने नेप्से प्रमुखको प्रतिबद्धता

Jul 11, 2018 Merolagani

- लगानीकर्ता संघकाे भेट्ने दौडधुप सुरु
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नयाँ प्रमुख नियुक्तीसँगै लगानीकर्ताका नेताहरूकाे भेटघाटकाे दौडधुप फेरी सुरु भएको छ । नेपाल पुँजी बजार लगानिकर्ता संघकाे टाेलीले अनलाईन प्रणाली सञ्चालन हुने अन्तिम तयारी हुँदै गर्दा भएको नेप्से प्रमुखको परिवर्तनले अन्योलता बढेपछि नेप्से प्रमुखलाई भेटेका हुन् ।

संघका पदाधिकारीसँगको भेटवार्तामा नेप्से प्रमुख रमेश अर्यालले साउन १ गतेदेखि नै पूर्ण स्वचालित अनलाईन प्रणालीको सुरुवात गर्नेमा प्रतिबद्धता जनाउँदै ढुक्क रहन लगानीकर्तालाई आग्रह गरेका हुन् । अर्यालले सेयरबजार सुधारको लागि लगानिकार्ताबाट प्राप्त हुने सल्लाह सुझावको सधै कदर गर्ने बताए ।

असार १८ गतेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि भदौ १४ गते यता भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेसँगै नेप्सेका तत्कालीन प्रमुख चन्द्रसिंह साउदको पद गएको थियो ।

साउद खारेजीमा परेसँगै अर्थ मन्त्रालयले उपसचिव रमेश अर्याललाई असार २५ गतेदेखि नेप्सेमा नयाँ महाप्रबन्धक नियुक्ती नभएसम्मका लागि प्रमुखको रुपमा निुक्त गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।