एनएमबिको एफपिओ भर्ने विहीबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

Jul 12, 2018 Merolagani

एनएमबि बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) मा आवेदन दिने विहीबार अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले एफपिओमा मेरो सेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट विहीबार कार्यालय समयसम्म आवेदन गर्न सक्नेछन् ।

बैंकले गत जेठ ३० गतेदेखि २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्रीमा ल्याएको हो ।

असार ३ गतेसम्म सर्वसाधारणहरुलाई मात्र निष्काशन गरेकाेमा न्यून अावेदन परेपश्चात असार ४ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत बैंककाे एफपिअाे खुला भएको थियो।

असार २७ गतेसम्म ६७ हजार १०५ आवेदकले दुई अर्ब ८८ करोड रुपैयाँ बराबरको एफपिओ माग गरेका छन् । यस तथ्याङ्क अनुसार बैंकले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्तामध्ये ८६ लाख ४८ हजार कित्ता सेयर मात्र विक्री भएको छ ।

बैंकको अझै २७ लाख ६७ हजार कित्ता सेयर अर्झै विक्री हुन बाँकी रहेकाे देखिन्छ ।

सबै बिक्री नहुने देखिएपछि असार २९ देखि  बैंकका संस्थापकलाई खुल्ने

एनएमबि बैंकको एफपिओ निष्काशन तथा बिक्रि प्रबन्धक नागारिक लगानी कोषले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट विहीबारसम्म पनि सबै एफपिओ विक्री हुने अवस्था नदेखिपछि असार २९ गतेदेखि बैंकको संस्थापकहरुलाई सेयर विक्री गर्ने भएकाे छ ।

असार २८ गतेसम्म आवेदन नपरेको सेयरमा संस्थापक, सञ्चालक तथा तिनका परिबारका सदस्यहरुले असार ३२ गतेसम्म आवेदन गर्न पाउने भएका छन् ।

बैंकले एफपिआका लगानीकर्ताहरुले समेत पाउने गरि गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस घोषणा गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।