नेप्सेले लघुवित्तको १८० दिनको सेयर कारोबार मूलयका आधारमा औसत आधार मूल्य एक हजार ३३१ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ ।
लघुवित्तले हकप्रद निष्कासनको लागि बिहीबार बुक्लोज गरेको हो । यस अनुसार असार २७ गते बुधबारसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।
लघुवित्तले साउन १३ गते देखि भदौ १७ सम्म हकप्रद बिक्री खुल्ला गर्ने भएको छ । हाल १२ करोड २४ लाख ९७ हजार चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात २४ करोड ४९ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।