१९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर

Jul 12, 2018 Merolagani

संघीय संरचना अनुसार गठित ७५३ स्थानीय तह मध्ये अझै १९७ तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ महिना सम्ममा ७५३ स्थानीय तहमध्ये ५५६ स्थानीय तहमा मात्र बाणिज्य बैंकको शाखा संचालनमा आएको छ ।

गएको बर्ष सरकारले प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा स्थापना गर्न निर्देशन दिएको थियो । तर १९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर रहेका छन् ।

सरकारी निर्देशन पश्चात बैंक नपुगेका २६१ स्थानीय तहमा भने बैंकहरुले शाखा खोलेका छन् ।

comments powered by Disqus

हरेक नेपालीलार्इ शेयरधनी बनाउन ३५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

Sep 25, 2018

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।