पहिलो पटक एभरेष्ट इन्स्योरेन्सले निष्काशन गर्ने भयो संस्थापक हकप्रद, धितोपत्र बोर्डमा निवेदन

Jul 12, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले १०५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । शतप्रतिशत साधारण सेयर रहेको एभरेष्ट इन्स्योरेन्सले संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउनु पर्ने बीमा समितिको अनिवार्य व्यवस्था अनुसार संस्थापक हकप्रद निष्काशन गर्न लागेको हो ।

गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस बितरण गरेर एभरेष्ट इन्स्योरेन्सले चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले १०५ प्रतिशतले हुने १४ करोड ३ लाख ३२ हजार रुपैंयाको संस्थापक हकप्रद बिक्री गरेर चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुर्याउनेछ ।

इन्स्योरेन्सको गत आर्थिक वर्षको साधारण सभाले १०५ प्रतिशत हकप्रदका साथै सो पश्चात ३०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

उक्त योजना अनुसार एभरेष्टले संस्थापक हकप्रद बिक्री गरे लगत्तै ३०० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाउने छ ।

इन्स्योरेन्सको हकप्रद सेयर सिद्धार्थ क्यापिटलले निष्काशन गर्नेछ ।

१०५ प्रतिशत संस्थापक हकप्रद तथा ३०० प्रतिशत हकप्रद बिक्री गरे पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ६० लाख हाराहारी पुग्नेछ ।

पहिलो पटक एभरेष्ट इन्स्योरेन्सले संस्थापक हकप्रद बिक्री गर्न लागेको हो । यस अघि बैंक अफ काठमाण्डूले संस्थापक एफपिओ बिक्री गर्ने प्रयास गरे पनि धितोपत्र बोर्डले त्यसलाई स्थगित गराएको थियो ।

एभरेष्टले यस अघि ६०० प्रतिशत हकप्रद धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको थियो । तर बीमा समितिको संस्थापक र साधारण सेयरधनीको हिस्सा ५१ अनुपात ४९ हुनैपर्ने व्यवस्थाले धितोपत्र बोर्डले एभरेष्टको हकप्रदलाई स्थगन गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।