नयाँ नेपाल लघुवित्त र सिटी फाइनान्सले पाए हकप्रद बिक्रीको अनुमति

Jul 12, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डबाट नयाँ नेपाल लघुवित्त र सिटी एक्सप्रेस फाइनान्सले हकप्रद बिक्री गर्ने अनुमति प्राप्त गरेका छन । नयाँ नेपाल लघुवित्तले हाल कायम चुक्तापूँजीको २५० प्रतिशत तथा सिटी फाइनान्सले १६७ प्रतिशत हकप्रद बिक्रीको अनुमति पाएका हुन् ।

जस अनुसार नयाँ नेपाल लघुवित्तले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद जारी गर्नेछ भने सिटी एक्सप्रेसले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्पापिटल र फाइनान्सको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेका छन ।
हाल लघुवित्तको चुक्तापूँजी २ करोड ४० लाख रहेको छ हकप्रद निष्कासन पछि ४ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

त्यस्तै २८ करोड दुई लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी भएको सिटी एक्सप्रेसको हकप्रद बिक्री पश्चात ५३ करोड दुई लाख २५ हजार रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।