१५ प्रतिशत बोनसको च्याँखे थापेपछि एनएमबि बैंक एफपिओ बिक्री गर्न सफल

Jul 12, 2018 Merolagani

संस्थापक  शेयरधनीहरुलाई आवेदन नखुल्ने

एनएमबि बैंकले झण्डै एक महिना लगाएर एक करोड १४ लाख कित्ता थप सार्वजनिक निष्काशन( एफपिओ) बिक्री गर्न सफल भएको छ । आवेदन गर्ने म्याद सकिनु ठिक दुई दिन अगाडि एफपिओले समेत पाउनेगरी १५ प्रतिशत बोनसको च्याँखे थापेपछि बैंक एफपिओ बिक्री भएको हो ।

बैंकले गत जेठ ३० गतेदेखि एक करोड १४ लाख कित्ता एफपिओ निष्काशन गरेको थियो । असार २८ गते विहीबार आवेदन गर्ने अन्तिम दिनसम्म बैंकको सबै एफपिओ बिक्री भईसकेको बिक्री प्रबन्धक नागरिक लगानीकोषले जानकारी दिएकोृ छ ।

बैंकले गत मंगलबार मात्रै गत बर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बैंकले बोनस घोषणा गरेपछिको अन्तिम दुई दिनको अवधिमा बैंकको एफपिओ खरिदका लागि ठुलो आवेदनहरुको परेको हो ।

जसमा सिद्धार्थ इक्वीटी फण्डले सबैभन्दा धेरै दुई लाख १० हजार कित्ताका लागि आवेदन गरेको छ । ग्लोबल आइएमई समुन्नत योजना एकले एक लाख ५० हजार कित्ता, सिद्धार्थ ओरेन्टल स्कीमले एक लाख २० हजार कित्ताका लागि आवेदन गरेका छन् । त्यस्तै सानीमा इक्वीटी, एशियन लाइफ लगायतका कम्पनीहरुले पनि एक लाख भन्दा बढी कित्ताका लागि आवेदन गरेका छन् ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार बिहीबार अपरान्ह ५ बजेसम्ममा ७० हजार ६८३ आबेदकबाट एक करोड १७ लाख ५४ हजार कित्ता शेयरका लागि ३ अर्ब ९१ करोड ८२ लाख रुपैयाँको आवेदन परिसकेको नागरिक लगानीकोषका रोशन जंग कार्कीले जानकारी दिए ।

संस्थापक शेयरधनीहरुलाई आवेदन नखुल्ने

बैंकले एक करोड १४ लाख कित्ता एफपिओ निष्काशन गरेकोमा एक करोड १७ लाख ५४ हजार आवेदन परेकाले सबै बिक्री हुने निश्चित भएको छ । अब बैंकका संस्थापक शेयरधनीहरुलाई आवेदन नखुल्ने कार्कीले भने ।

कुल आवेदनमध्ये २ लाख ६२ हजार कित्ताको आवेदन भने रद्द हुने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकले प्रतिकित्ता २३३ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री निष्काशन गरेको थियो ।

विहीबार एनएमबि बैंकको शेयरबजारमा प्रतिकित्ता ३५४ रुपैयाँमा कारोबार भएको थियो ।

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गरेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।