मौद्रिक नीतिपछि पनि यसकारण उत्साहित छैनन् सेयर लगानीकर्ता

Jul 12, 2018 Merolagani

सरकारको नीति तथा कार्यक्रम र बजेटले निराश भएका सेयर बजारका लगानीकर्ता अन्तिम आशाको बिन्दु मौद्रिक नीतिले पनि उत्साहित हुन सकेनन् । मौद्रिक नीति सार्वजनिक भएको भोलीपल्टै नेप्से दोहोरो अंकले घटेर कारोबारमा समेत कमी आएको छ । यसले लगानीकर्ताको अपेक्षा मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको बुझिन्छ । 

लगानीकर्ताले मौद्रक नीतिमा मार्जिन ल्याडिङ्गको सीमा हाल रहेको ५० प्रतिशतबाट बढाएर ६० देखि ६५ प्रतिशतसम्म पुर्याउन माग गरेका थिए । तर मौद्रिक नीतिले यो सीमालाई यथावत राखेर मार्जिन कलको सीमामा भने राहत दिएको छ ।

पहिला सेयरमूल्यमा १० प्रतिशत गिरावट आएपछि बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गदेै आएकोमा मोद्रिक नीतिले २० प्रतिशतभन्दा बढी सेयरमूल्य नघटेसम्म मार्जिन कल गर्न नपाइने बाध्यात्मक ब्यवस्था गरेको छ ।

लगानीकर्ताले माग्दै आएको ब्याजदरको स्थिरताको सम्बन्धमा भने केन्द्रीय बैंकले सिआरआरलाई ४ प्रतिशतमा घटाएर सम्बोधनको प्रयास गरेको छ । यसले बैंक तथा वित्ती संस्थाको कस्ट अफ फण्ड घटाएर घुमाउरो तबरले ऋणीलाई ब्याजदरमा राहत दिने लक्ष्य लिएको छ ।

यसैगरि बाणिज्य बैंकको सहायक कम्पनीहरुलाई ब्रोकर इजाजत दिने बाटो पनि मौद्रिक नीतिले खुला गरेको छ । तर यसको कार्यान्वयन हुन समय लाग्नेछ । सेयरको वेटेज एभरेज शतप्रतिशतमा झार्न लगानीकर्ताले राष्ट्र बैंकलाई सुझाव दिएपनि त्यो ब्यवस्था मौद्रिक नीतिमा समेटिएन जसले पनि लगानीकर्तालाई मौद्रिक नीतिप्रति आलोचनात्मक बन्न सहयोग पुगेको छ ।

मौद्रिक नीतिले सेयर बजारलाई सम्बोधन गरेपनि तत्काल प्रत्यक्ष लाभ पाउने अवस्थाका साथै लगानीकर्ताको आशा र महत्वकांक्षा मौद्रिक नीतिमा नसमेटिदाँ सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छैन ।

के भन्छन् सरोकारवाला ?

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल समग्रमा पूँजी बजारमैत्री मौद्रिक नीति आउन नसकेको बताउँछन् । सरकारले नियन्त्रणमुखी उदेश्यबाट मौद्रिक नीति ल्याएको भन्दै बैंकहरुले प्रवाह गर्न सक्ने सेयर कर्जाको सीमा प्राथमिक पूँजीको ४० प्रतिशतबाट २५ प्रतिशतमा झारेको उनले बताए ।

यसले पूँजी बजारलाई सहयोग गर्न चाहने बैक तथा वित्तीय संस्थाहरु पनि संकुचनमा परेको पौडेल बताउँछन् । २५ प्रतिशतमा झार्नुको सट्टा यसलाई अनिवार्य गरेको भए पूँजी बजारमैत्री हुनसक्ने उनको तर्क छ ।

व्यक्तिगत ओभर ड्राफ्ट कर्जाको सीमा ७५ लाखबाट ५० मा झार्दा लगानीकर्ताले बैंकहरु मार्फत अहिले प्राप्त गरिरहेको १२९ अर्ब कर्जा समेत घट्ने हुँदा यसले लगानीकर्तालाई प्रभावित पार्नसक्ने पौडेलले बताए ।

'राष्ट्र बैकको एकीकृत निर्देशिका २०७४ को मर्म अनुसार ३० प्रतिशत मूल्य घट्दा मार्जिन कल नगर्ने ब्यवस्था रहेको छ । मौद्रिक नीतिले २० प्रतिशतमा किन झारेको हाे बुझिएन ।' पौडेलले भने । उनले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकर इजाजत दिनु राम्रो पक्ष भएको बताए ।

 

 

पूँजी बजार बिश्लेषक नीरब पुडासैनीको भनाई भने बेग्लै छ । उनी मौद्रिक नीतिले सेयर बजारलाई मात्र सम्बोधन नगर्ने बताउँछन् ।

लगानीकर्ताको मनोबिज्ञान आजको भोली नै परिणाम आउनुपर्छ भन्ने भएकाले र मर्जिन ल्याण्डिङ्गको सीमा नबढ्दा उनीहरुमा निरासा पैदा हुनु स्वभाविक हो ।

पुडासैनी मौद्रिक नीति मार्जिन कलको हिसाबले सकारात्मक रहेको र सेयर कर्जाको सीमा प्राथमिक पूँजीको ४० प्रतिशतबाट २५ प्रतिशतमा झारिनुलाई लगानीकर्ताले राम्रो नमानेपनि यो व्यवस्थाले लगानीकर्तालाई खासै असर नगर्ने बताउँछन् ।

सिआरआरको सीमा घटाएको असर देखिन एक दुई महिना लाग्ने र विगतमा अर्थमन्त्रीको बोली र व्यबहारले लगानकिर्तामा संसय कायमै रहेको छ । लगानीकर्ताको मनोबिज्ञान कमजोर रहँदा यसको प्रतिबिम्ब अहिलेको बजारमा देखिएको हो । पुडासैनीले भने ।

सेयर लगानीकर्ता ध्रुब निरौलाले भने मार्जिन ल्याण्डिङ्गको सीमा पक्का पनि बढ्छ भन्ने मनोबिज्ञान लगानीकर्तामा थियो तर त्यो भएन ।

मौद्रिक नीतिमा भएको राम्रा पक्षको असर देखिन समय लाग्ने भएकाले अहिले नै लगानीकर्ता निराश बन्नुपर्ने अवस्था नरहेको उनको भनाई छ ।

सिआरआरको सीमा घटाउँदा बजारमा पुँजी प्रवाह बढेपनि यसबाट बढ्ने तरलताले कर्जा प्रवाह गर्न नपाउने भएकाले लगानीयोग्य पूँजीको अभाव भने कायमै हुने उनले बताए ।

मौद्रिक नीति भनेको मुद्राको माग र आपूर्तिको सन्तुलन गर्ने वित्तीय औजार भएकाले यसको मुख्य दायरा नै मुद्रा व्यवस्थापन र सन्तुलनसँग बढी सम्बन्धित हुन्छ । यसमा सरकारका कतिपय नीतिगत निर्णय जो मुद्रा र व्याजसँग सम्वन्धित हुन्छन् त्यसमा मौद्रिक नीतिले सम्बोधन गरेको हुन्छ ।

सेयर बजारमा पनि यसले केही हदसम्म राहत नै दिएकाले लगानीकर्ता निरुत्साहित बन्नुपर्ने अवस्था भने अहिले नै देखिँदैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।