कुमारी बैंकको लिलामी शेयरमा बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन

Jul 13, 2018 Merolagani

कुमारी बैंक (KBL) को ११ लाख ४१ हजार ३७४ कित्ता लिलामी सेयरमा बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले हकप्रदमा बिक्री नभएको ५ लाख १ हजार ९२१ कित्ता संस्थापक र ६ लाख ३२ हजार २८२ कित्ता साधारण शेयर असार २२ देखि लिलामीमा ल्याएको हाे।

इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ भन्दा बढी मूल्य राखेर संस्थापक शेयरका लागि कम्तिमा १ हजार कित्ता र साधारण शेयरका लागि कम्तिमा १ सय कित्ताको आवदेन दिनुपर्ने विक्री प्रबन्धक एनआर्इबिएल एस क्यापिटलले जनाएको छ ।

लगानीकर्ताहरुले लिलामी सेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, र लगननखेल तथा कुमारी बैंक दरबारमार्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी,बीरगञ्ज, विराटनगर बुटवल र पोखरा शाखाबाट असार २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन गर्दा कुमारी बैंकमा रहेको एनआइबीएल एस क्यापिटलको खातामा रकम जम्मा गरेर शिलबन्दी बाेलपत्र बुझाउनु पर्नेछ ।

पछिल्लो कारोबार अनुसार बैंकको प्रतिकित्ता बजारमूल्य १९० रुपैयाँ रहेको छ ।

बैंकले गत बैशाख २८ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत अर्थात १ करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो । हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउका लागि अपुग ८४ करोड बराबरको बोनस वितरण गरेर पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।

comments powered by Disqus

भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अर्थमन्त्री खतिवडाको निर्देशन

Jul 21, 2018

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन आफु मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी खतिवडाले सो निर्देशन दिएका हुन् ।