सूचीकृत संगठित संस्थाहरुलाई साउन १ गतेपछि चार वर्गमा वर्गिकरण गरिने

Jul 13, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुलाई चार वर्गमा वर्गिकरण गर्ने नयाँ व्यवस्था गरेको छ । बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” मा यस्तो व्यवस्था गरेको हो । जुन साउन १ गतेदेखि कार्यान्वयनमा आउँदैछ ।

बोर्डले धितोपत्रको सूचीकरण तथा कारोवार प्रक्रियालाई थप व्यवस्थित, प्रविधि तथा बजारमैत्री र समसामयिक बनाउन सूचीकरण तथा कारोवार नियमावली परिमार्जन गरेको जनाएको छ ।

बोर्डकाे व्यवस्था अनुसार अब सूचीकृत संगठित संस्थालाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गरिनेछ । यसअघि यस्ता संस्थालाई ए र वि गरी दुई समुहमा वर्गिकरण गरिँदै आएको थियो ।

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

जसले गर्दा सूचीकृत संगठित संस्थाको वर्ग अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने तथा धितोपत्र बजारले समेत सोही बमोजिम कारोबारलाई सहजीकरण गर्न सक्ने बोर्डको भनाई छ ।

बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” साउन देखि कार्यान्वायनमा ल्याउने भएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।