नेपाल बंगलादेश बैंक र टिच फर नेपालको साक्षरता अभियान

Jul 13, 2018 Merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउने उद्धेश्यले कार्य गर्दै आईरहेको टिच फर नेपालसँग सहकार्य गरेको छ ।

यस अभियान अनुसार सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरिने बैंकले जनाएको छ । यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूलाई २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा शिक्षण गराईने उल्लेख छ ।

ग्रामीण समुदायका वालवालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य अनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाँच लाख आर्थिक सहयोग गरेको छ ।

वि.सं. २०७१ सालमा सिन्धुपाल्चोक जिल्लाबाट टिच फर नेपालले सुरू गरेको यस अभियानबाट हालसम्म २०० जना भन्दा बढी प्रज्ञार्थी (फेलो) हरू सरिक भई सार्वजनिक विद्यालयहरूमा शिक्षण गराई सकेका छन् ।

हाल ६ वटा जिल्लाका ५१ वटा सार्वजनिक विद्यालयहरूमा १११ प्रज्ञार्थी (फेलो) हरूले ९ हजारभन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा शिक्षण गराईरहेका छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।