मेगा बैंकको साधारण सभामा सेयरधनीले मच्चाए बबण्डर

Jul 13, 2018 Merolagani

मेगा बैंकको शुक्रबारको सातौं बार्षिक साधारण सभामा बैंकको सेयरधनीले बबण्डर नै मच्चाएका छन् ।सेयरधनीहरुले बैंकको सञ्चालकहरुको निर्वाचनका लागि पदको दुरुपयोग गरि प्रोक्सी संकलन गरेको, निष्पक्षताको सुनिश्चितता गराएर मात्र निर्वाचन हुनुपर्ने, बैंकभित्र भएको बदमासीहरुको छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने भन्दै सभामा हल्लाखल्ला गरेका थिए ।

मेगा बैंककाे साधारण सभामा उपस्थित भएका अधिकांश सेयरधनीहरूले बैंकमा रहेका बेतिथिहरु र विसंगतिमाथि कडा प्रश्न उठाउँदै सञ्चालकहरूप्रति आक्रोश पोखेका हुन् ।

बैंकको अवस्था अन्य बाणिज्य बैंकको तुलनामा अत्यन्त कमजोर बन्दै गएको, आम्दानी भन्दा खर्च बढी भएपनि सञ्चालकहरु त्यसको नियन्त्रण गर्नभन्दा आफैँ मोजमस्तीमा लागेको आरोप सेयरधनीहरुले लगाएका छन् । उनिहरूले बैंक सञ्चालक समितिका सदस्यलार्इ अबिलम्ब सच्चिन समेत चेतावनी दिएका छन् ।

निकै अाक्राेशित स्वरूपमा प्रस्तुत भएका उनिहरुले सभामा बाेल्ने सेयरधनीको सूचीमा बैंकको सेटिङ्गमा केही व्यक्तिहरुको मात्र समेटेर आफुहरुलाई बोल्ने अवसर नदिएको  र घरबाटै तयार पारेको नामावली मात्र राखेको भन्दै सभामा तिब्र विरोध जनाएका थिए । 

सेयरधनीले सभामा हल्लाखल्ला गर्न नछाडे पश्चात बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले सभामा बोल्न चाहने सबै सेयरधनीलाई विषयवस्तुमा आफ्ना कुरा राख्ने अवसर प्रदान गर्ने बताउँदै सेयरधनीलाई थामथुम पार्ने प्रयास गरेका थिए ।

हेर्नुहाेस् भिडियाे :-

बैंक सञ्चालक समितिका अध्यक्ष शाहले सभामा पाएको बोल्ने असरलाई सदुपयोग गर्ने कुरा ठूलो हुने भन्दै सेयरधनीले त्यो अवसरलाई प्रयोग गर्ने कुरा प्रधान रहने बताए । शाहको आश्वासनपछि मात्र सेयरधनी केही नरम बनेका थिए । 

सभामा सम्बोधन गर्दे बैंकका संस्थापक सेयरधनी उपेन्द्र पौड्यालले सञ्चालकहरुले गर्ने हस्तक्षपका कारण बैंकमा कार्यरत कर्मचारीहरुले स्वतन्त्र भएर काम गर्ने वातावरण नभएको बताए । उनले संस्थापक सेयरधनीलाई बैंकको दीर्घकालिन सुधारका लागि भन्दा पनि आफू निर्वाचित हुने बेलामा मात्र खोजी हुने गरेको बताए ।

सेयरधनी अमृतनाथ रेग्मीले प्रतिप्रर्धात्मक जमानामा मेरो गोरुको बाह्रै टक्का भनेर बसे स-साना गल्तीले पनि बैंकलाई ठूलो क्षति पुग्ने बताए । उनले बैंकमा भएका कमी कमजोरीहरु लुकाइएको भन्दै यसले भविष्यमा प्रगती गर्नलाई समेत अप्ठेरो पर्ने बताए । कमी कमजोरीको पहिचान गरेर त्यसबाट पाठ सिक्दा मात्र प्रगति पथमा लम्कन सकिने उनको निष्कर्ष थियो ।

सेयरधनी बालराम सेढाईले मेगाका सञ्चालकले बैंकलाई गैरी खेत सम्झेर आफ्नो स्वार्थ पूरा गर्ने गरेको आरोप लगाए । सञ्चालकको बैंकको भन्दा आफ्नो स्वार्थ पुरागर्दा सेयरकोमूल्य १५० रुपैयाँसम्म घट्ने अवस्था सृजना भएको बताए ।

उनले बैंकका सञ्चालक समितिका सदस्यहरुले बैंकको हितमा भन्दा पनि दुई तीन जना सञ्चालकहरुलाई मात्र हित हुने कार्य गरेकाले सेयरमूल्य खस्किएको बताए ।

अन्य सेयरधनीहरुले बैंकले व्यवस्थापकिय निणर्य तथा अन्य नीतिगत परिवर्तनको लागि गरेका निर्णहरुमा बैंकका अन्य संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुलाई अण्डरस्टिमेट गरेर कुनैपनि सुझाव नलिएको बताए ।

त्यसैगरि मेगा बैंकको सञ्चालक समितिमा रहेका सदस्यले मनोमानी तवरबाट बैंकको सञ्चालन गरेको उनीहरुको आरोप थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।