नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

Jul 15, 2018 RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री तथा सचिवहरुलाई छलफलमा बोलाएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई निर्देशन दिए ।

सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

प्रधानमन्त्रीले भने, “सरकारको मूल लक्ष्यलाई कार्यान्वयन गर्न सबै निकायले उत्तिकै प्रभावकारी र योजनाबद्ध प्रयास गर्नुपर्छ । नेपाली जनताले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेका छन् । त्यो अपेक्षालाई पूरा गरिनुपर्छ ।”

सरकारको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित तथा योजनाबद्ध रुपमा समयमा नै परिणाम निकाल्ने गरी कसरी काम गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले छलफल गर्नुभएको सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।

सरकारको नीति तथा कार्यक्रम र बजेटलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले नियमित छलफल गरिरहेका छन् ।

सरकारले व्यवहारमै भ्रष्टाचारलाई शुन्य सहनशीलताको नीति अपनाएको भन्दै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमिततामा छुट दिन नसकिने बताए । उनले आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनका लागि योजनाबद्ध, गतिशील र प्रभावकारी कार्ययोजना जरुरी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्णरुपले कार्यान्वयनमा जाने गरी लिखित कार्ययोजना प्रस्तुत गर्न सम्बद्ध मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

सोही निर्देशनअनुसार मन्त्री र सचिवहरुले एकवर्षे तथा पञ्चवर्षीय मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गरेका छन् ।

प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि अत्यावश्यक योजना र रणनीति, समस्या रहेका स्थानमा समाधानको उपायका बारेमा समेत सम्बद्ध अधिकारीसँग चासोपूर्वक  छलफल गर्नुभएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

साउत १ गतेदेखि लागू गरिने सरकारका सबै योजनाको व्यवस्थित र तोकिएको समयमा नै नतिजा आउने गरी कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।