सिँगटी हाइड्रोले सिभिल क्यापिटल मार्फत साढे ४३ करोडको आइपिओ जारी गर्ने

Jul 15, 2018 Merolagani

दोलखाको सिँगटीमा निर्माणाधीन रहेको सिँगटी हाइड्रोपावरले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले सिभिल क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धि सम्झौतामा हाइड्रोपावरका कार्यकारी निर्देशक गणेश कार्की र सिभिल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका हुन । 

हाइड्रोले कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आएपिओ निष्काशन गर्नेछ । जसमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता स्थानीयलाई र २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।

दोलखामा निर्माणाधीन सिंगटी खोला जलविद्युत् आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर १६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण भैरहकाे छ ।

आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।