वोमी माइक्रोफाइनान्सको साढे एघार हजार कित्ता हकप्रद लिलामीमा आउने

Jul 15, 2018 Merolagani

वोमी माइक्रोफाईनान्स (WOMI) को ११ हजार ५४४ कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले निष्काशन गरेको ३० प्रतिशत सेयरमा सो परिणाम सेयर विक्री नभएपश्चात लिलामीमा आउने भएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दुई लाख ३३ हजार २८० कित्तामध्ये दुई लाख २१ हजार ७३५ कित्ता सेयर मात्र विक्री भएको छ ।

रीतपूर्वक अावेदन दिने सेयरधनीलार्इ असार २८ गते बाँडफाँड गरिएकाे हाे । साे बाँडफाँडकाे निर्णयलार्इ असार २९ गते सम्पन्न वाेमी माइक्रोफाईनान्सकाे सञ्चालक समितिले स्वीकृत गरेकाे थियाे ।

सिद्धार्थ क्यापिटलका अनुसार ७ हजार ६६२ कित्ता साधारण र ३ हजार ८८२ कित्ता संस्थापक सेयर अवितरित भएको छ । क्यापिटलले लिलामीको मिति छिट्टै प्रकाशन गरिने जनाएको छ ।

लघुवित्तकाे सेयर गत विहीबार एक हजार ३४८ रूपैयाँमा काराेबार भएकाे थियाे । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।