यसअनुसार श्रावण ६ गतेसम्म कायम रहेका सेयरधनीले लघुवित्तले निष्काशन गर्ने एक बराबर दुई दशमलव पाँच कित्ताको अनुपातले हकप्रद सेयर खरिद गर्न सक्नेछन् । कम्पनीले धितोपत्र बोर्डबाट असार २७ गते हकप्रद जारी गर्न अनुमति पाएको हो ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।