गण्डकी विकास बैंकका ग्राहकहरुकले ग्राण्डी हस्पिटलमा छुट पाउने

Jul 15, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) का एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।

गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी हस्पिटलको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले सो सम्बन्धी सम्झोता पत्रमा हस्ताक्षर गरेका छन् । 

बैंकका एटीएम होल्डर ग्राहकहरुले समयावधि रहेको एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बदलिँदो परिस्थिति अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्वसुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैकिङ्ग सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।