सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गरेको भन्दै साउदले सरकारी निर्णय विरुद्ध अन्तरिम आदेशको माग गर्दे बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
साउदले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्चले साउदलाई काममा फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
साउदले आफुलाई गैरकानुनी ढंगले हटाइएको दाबी गरेका थिए। उनले आफु लोकसेवा आयोगको जसरी नै परीक्षा दिएर कानुनी प्रकृयाबाट नेप्सेको प्रमुख कार्यकारी नियुक्त भएको बताएका थिए ।
केही दिनअघिको क्याबिनेटले तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानी अर्थमन्त्रालयले नेप्से प्रमुख साउदलाई गत आइतबार पदमुक्तको पत्र पठाएको थियो ।
उता देउवा सरकारले गरेको नियुक्तिलाई निर्वाचन आचारसंहिता विपरित भन्दै साउदलाई खारेज गरेको सरकारले अर्थमन्त्रालयका उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ ।
चन्द्र साउदजस्तै क्याबिनेटको निर्णयबाट पदमुक्त भएका अन्य ६ जनालाई समेत सर्वोच्चले यसअघि छुट्टा छुट्टै आदेशमार्फत काममा फर्काउन आदेश दिइसकेको छ ।