बैंकको साधारण सेयरका लागि कूल दुई हजार ५८८ वटा आवेदन परेकोमा एक हजार नाैं सय बढी बोलपत्र खुला भएको छ ।
अब ७०० आवेदन खोल्न बाँकी रहेको छ । साधारण सेयरका लागि अहिलेसम्म अधिकतम १८९ रुपैयाँमा एक हजार ७९० कित्ताका लागि आवेदन परेको छ ।
बैंककाे लिलामी सेयरमा एक सय रूपैयाँमा नै बाेलपत्र पेश गर्ने अावेदन पनि भेटिएका छन् । पहिला हुने बाेलकबाेलमा उच्च मूल्यमा बाेलपत्र पेश गर्ने प्रवृति भेटिएपनि बजार घट्दै जान थालेपछि अंकित मूल्यमा नै बाेलपत्र पेश गर्ने पनि बढ्न थालेका हुन् ।
धेरै अावेदकले १५० देखि १६५ रूपैयाँ बीचमा बाेलपत्र पेश गरेका छन् । यस अाधारमा यहि मूल्य हाराहारीमा नै कटअफ अाउनसक्ने अांकलन गरिएकाे छ ।
आइतबारको बजार मूल्य १९५ रुपैयाँ हाराहारीमा रहेकाे छ ।
पाँच लाख एक हजार ९२१ कित्ता संस्थापक सेयरका लागि ३६ वटा अावेदन परेकाे छ । संस्थापककाे बाेलपत्र खुला गर्न बाँकी रहेकाे छ ।
बैंकले गत बैशाख २८ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत अर्थात १ करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो । साेही हकप्रदमा अवितरित भएकाे सेयरकाे अहिले बाेलपत्र खुला भइरहेकाे हाे ।
लिलामी बाँडफाँडपछि बैंककाे चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ। साे रकम बैंकले बाेनस मार्फत कायम गर्ने याेजना राष्ट्र बैंकमा पेश गरिसकेकाे छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।