नेप्से सूचकमा सुधार आएपनि कारोबारमा असार मसान्तको प्रभाव

Jul 15, 2018 Merolagani

यस साताको पहिलो दिनको शेयरबजारमा सुधार आएको छ । बजार आठ अंक बढीले उकालो लागेपनि कारोबार रकम भने २० करोड नाघ्न सकेन ।

आर्थिक वर्षको क्लोजिङ प्रभावले कारोबार रकममा भने कमी आएको छ । सेयर बजारका लगानीकर्ता शेयर खरिदमा भन्दा पनि कारोबारको हिसाबमिलान तर्फ बढी केन्द्रित हुँदा कारोबार बढ्न नसकेको हो ।

नयाँ आर्थिक बर्ष लागेपछि हुने कारोबारले बजार कता जाला भन्ने निक्र्योल गर्न सकिन्छ । नयाँ आर्थिक बर्ष लागेपछि नयाँ बजेट तथा सरकारका नीति तथा कार्यान्वयनमा आउनेछन् । त्यस्तै मौद्रिक नीतिबाट गरिएका कतिपय व्यवस्थाहरु पनि विस्तारै कार्यन्वयन हुँदै जानेछन् । यसले पूँजीबजारले अब कस्तो गति लिन्छ भन्ने देखाउनेछ ।

साउन एक गतेबाट सेयर कारोबार अनलाइन प्रणाली मार्फत गरिने तयारी भइरहेको अवस्था छ । अनलाइन सुरु भएपछि बजारमा कस्तो प्रभाव पार्ला भन्ने प्रतिक्षामा लगानीकर्ता रहेका छन् ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । शुन्य दशमलब ६८ प्रतिशत अंकले सुधार भएको नेप्से ८.११ अंकले बृद्धि भएर १२००.०९ विन्दुमा पुगेको छ ।

आइतबार १७० कम्पनीका ६ लाख ६७ हजार ४३४ कित्ता शेयर १९ करोड ३८ लाख २६ हजार ४१० रुपैयाँको किनबेच भएका छन् ।

आज कारोबारमा आएका १० समुह मध्ये फाइनान्स समुहको सुचक मात्रै १.५७ अंकले घटेको छ । अन्य ९ समुहको सुचक भने बढेको छ । सबै भन्दा धेरै बीमा समुह ४३.४९ अंकले बढेर ६०५२.४३ विन्दुमा पुगेको छ । यस्तै होटल समुह ४०.६६ अंकले बढेको छ ।

आइतबार सबै भन्दा धेरै कारोबार गर्ने सेन्चुरी कर्मशियल बैंकको संस्थापक शेयर रहेको छ । सेन्चुरीको १ करोड २९ लाख रुपैंयाँ बराबरको कारोबार भयो । यस्तै प्राइम लाइफको ६३ लाख, एभरेष्ट बैंकको ५३ लाख रुपैयाँ बराबरको कारोबार भएका छन् ।

आज सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताहरुले ७.०८ अंकले कमाएका छन् । यस्तै एनआइविएल प्रगति फण्डको ६.१३ प्रतिशत, नबिल इक्वीटि फण्डको ५.२२ प्रतिशतले शेयर मुल्य बढेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, सिद्धार्थ इक्वीटि फण्ड, कुमारी बैंक, एसीसी बैंक र सानिमा इक्वीटि फण्डको पनि ४ प्रतिशतले शेयर मुल्य बृद्धि भएको छ ।

यस्तै नेपाल हाइड्रो डेभलपरका लगानी कर्ताहरुले ६.६६ प्रतिशतले गुमाएका छन् । युनाइटेड मोदि हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्सको शेयर मुल्य ३ प्रतिशत, लक्ष्मी लघुवित्त र छ्याङदी हाइड्रोपावरको २ प्रतिशतले घटेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।