यससँगै ललितपुर फाइनान्स लिमिटेड अब एलएफसी फाइनान्स कम्पनी बनेको छ । यसैगरि राष्ट्र बैंकले दिएको चुक्ता पूँजी वृद्धि गर्नका लागि फाइनान्स कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । यससँगै फाइनान्सको चुक्ता पूँजी ३७ करोड ५८ लाख ९० हजार ६०० रुपैयाँ पुग्ने भएको छ ।
कम्पनीको साधारण सभाले फाइनान्स कम्पनीसँग अन्य बैंक तथा वित्तीय संस्था गाम्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
घरजग्गामा लगानी, उच्च खराब कर्जा र फाइनान्सकाे वित्तीय अवस्था नाजुक भएपश्चात २०७१ चैत १६ गते केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।
नयाँ लगानीकर्ता प्रबेश गराइ पूँजी कोष कायम गरेर संस्थालाई सुचारु रुपले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेपश्चात राष्ट्र बैंकले २०७४ मंसिर १९ गते फाइनान्सलार्इ समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो ।