भोलिदेखि शेयर बजारमा के- के हुँदैछ नयाँ व्यवस्था ?

Jul 16, 2018 Merolagani

भोलि साउन १ गते मंगलबारदेखि नयाँ आर्थिक बर्ष ०७५/०७६ आरम्भ हुनेछ । नयाँ आर्थिक बर्ष आरम्भ भएसँगै सरकारले बजेट मार्फत घोषणा गरेका थुप्रै कार्यक्रमहरु कार्यान्वयनमा आउनेछन् । यसै क्रममा शेयरबजारमा पनि नयाँ आर्थिक बर्ष देखि केही नयाँ कार्यक्रम लागू हुने भएका छन् ।

अनलाइन कारोबारकाे सुरूवात

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा नयाँ आर्थिक बर्षको पहिलो दिनबाटै अनलाइन कारोबार प्रणाली भित्रने भएको छ । नेप्सेले पटक पटक साउन १ गतेदेखि अनलाइन कारोबार सञ्चालनमा ल्याउने उद्घोष गर्दे आएको थियो ।

अनलार्इन कारोबार प्रणाली सुचारु गर्न नेप्सेले सेयर दलाल कम्पनीहरुलाई दिएको निर्देशन अनुसार दलाल कम्पनीहरुले पूर्वाधार समेत तयार गरिसकेका छन् ।

साउन १ गते देखि सबै दलाल व्यवसायीकोबाट समानान्तर रेटिङ्गमा अनलाईन प्रणाली र अहिलेको प्रणालीमा आधारित रहेर सेयर कारोबार हुनेछ ।

लामो समयदेखि लगानीकर्ताले माग गर्दे आएको अनलार्इन कार्यान्वयनमा आएपछि सेयरबजारको रौनक फर्कने आशा समेत लगानीकर्ताको छ ।

अनलाइन ट्रेडिङ्ग सुरु भएपछि लगानीकर्ता सेयर किन्न वा बेच्नको लागि ब्रोकर अफिसमा धार्इरहनु पर्दैन । आफुले काराेबार गरिरहेकाे ब्रोकरकोबाट युजर नेम र पासवोर्ड  लिएपछि त्यही पासवर्ड र युजर नेम प्रयोग गरेर लगानीकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसी बसी सेयर खरिद बिक्री गर्न सक्नेछन् ।

सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ मा सूचीकृत संगठित संस्थाहरुलाई चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरे बमोजिम साउन १ गतेदेखि नेप्समा सूचीकृत संस्थाहरुलाई चार वर्गमा वर्गिकरण गरिनेछ ।

बोर्डको व्यवस्था अनुसार अब सूचीकृत संगठित संस्थालाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गरिनेछ । यसअघि यस्ता संस्थालाई ए र वि गरी दुई समुहमा वर्गिकरण गरिँदै आएको थियो ।

पूँजीगत लाभकर (व्यक्तिगत)  ५० प्रतिशतले बढ्ने

शेयर बजारका व्यक्तिगत लगानीकर्ताहरुले साउन १ गतेदेखिकाे सेयर काराेबारमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ । सरकारले बजेट मार्फत व्यक्तिगत लगानीकर्ताको हकमा पूँजीगत लाभकरलाई ५० प्रतिशतले वृद्धि गरेको थियो ।

यअसघि ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले अब ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्ने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।