ज्योतिले किन्ने भएपछि हाम्रो विकास बैंकको रोकियो सेयर कारोबार

Jul 16, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्राे विकास बैंकलाई खरिद (एक्वायर) गर्ने भएको छ । दुबै बैंकबीच एक्वायर सम्झाैतामा अाइतबार हस्ताक्षर भएकाे हाे । यससँगै हाम्रो विकास बैंकको सेयर कारोबार सोमबारदेखि नै रोकिएको छ ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले असार ३१ गते अाइतबार हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरिएको बताए । ज्ञवालीले सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) पश्चात मात्र स्वाप रेसियो निर्धारण हुने मेरोलगानीलाई बताए ।

हाम्रो विकास बैंककाे चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ ।  

 

ज्योतिले विकास बैंकले भने यसअघि नै राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेकाे छ । 

हाम्रो विकास बैंकलाई एक्वायर पश्चात ज्योतिको चुक्ता पूँजी ३ अर्ब बढी नाघ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।