मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ६ स्थित सोरुकोट, रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं. २ स्थित कालिकास्थान र खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ४ स्थित बाक्सिलामा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप बैकले आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा बिस्तारलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।